• २०८१ बैशाख ७ शुक्रबार

१२ वर्षमाथिका विद्यार्थीलाई खोप लगाउने बारे शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीबीच छलफल

kharibot

काठमाडौँ । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्यमन्त्री खतिवडासँग छलफल गरेका हुन् । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । 

विद्यालय खुलेसकेका छन् मन्त्री पौडेलले भने,’  १८ वर्षमाथि उमेरसमूहका धेरैले खोप लगाइसकेका छन् त्यसमुनीका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुपर्यो ।’

शिक्षामन्त्रीले बालबालिकाहरुलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए । उनले भने ‘प्रत्येक विद्यालयमा पुगेर एक हप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौं ।, ‘शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुपर्यो ।’

स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनीका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिए । 

बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको भन्दै  मन्त्री खतिवडाले भने,  ‘आउने वित्तिकै विद्यार्थीले खोप पाउँछन् ।’

मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए । 

१२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति  दिएको छैन । 

१२ वर्षमाथिका विद्यार्थीका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुदधको खोप लगाउनुपर्ने छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् ।

९ देखिमाथि उमेरसमूहका ३६ लाख ४२ हजार २ सय ७४  जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले जानकारी दिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै