• २०८१ बैशाख ८ शनिबार

भुटानमाथि नेपाली महिला क्रिकेट टिमको ८ विकेटको जित

kharibot

काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको ६२ रनको लक्ष्य पछाएको नेपालले ८.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

नेपालका लागि इन्दु बर्माले अविजित २६ रन बनाइन् भने सीता मगरले १७, कप्तान रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।

यसअघि पहिला ब्याटिंग गर्दै भुटानको महिला टिमले २० ओभरमा ६ विकेट गुमाउदै ६१ रन मात्र बनाएको थियो ।

भुटानलाई सस्तैमा रोक्न नेपालका बलर सीता मगरले ३ व्केती लिएकी थिइन् भने करुणा भण्डारीले एक विकेट लिएकी थिइन् । त्यस्तै भुटानका दुई ब्याट्सम्यान रन आउट भएका थिए ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा हङकङसँग पराजित भएको थियो  

नेपालले अब तेस्रो खेल विहिबार कुवेतको महिला टिमसँग खेल्ने छ ।

प्रतियोगितामा ६ टोली रहेका छन् । जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । 

रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो । घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै