• २०८१ बैशाख ७ शुक्रबार

सलिना गोमेजले मानसिक स्वास्थ्यको शिक्षा दिन डिजिटल प्लेटफर्म 'वन्डरमाइन्ड' शुरु गर्दै

kharibot

काठमाडौँ । हलिवुड पप स्टार सलिना गोमेजले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिदै डिजिटल प्लेटफर्म वन्डरमाइन्ड (Wondermind) को शुरुवात गर्ने भएकी छन् ।

वन्डरमाइन्डमा मानसिक स्वास्थ्यसँग सम्बन्धित शैक्षिक सामाग्रीहरुका साथै यसबाट बाहिर आउने अनेकौ उपायका बारेमा सामाग्रीहरु उपलब्ध हुने गायिका गोमेजले जानकारी दिएकी छन् ।

गोमेजले आफ्नी आमा मान्डी टीफी र डानिएल पिएरसनसँग मिलेर मिडिया कम्पनीको शुरुवात गरेकी हुन् । गोमेजको यो मिडिया कम्पनि २०२२ को फेब्रुअरीमा लन्च हुने बताइएको छ ।

गोमेज मानसिक स्वास्थ्यको बारेमा धेरै बोल्ने र मानिसहरुलाई सचेत गराउने हलिवुड सेलिब्रेटी मध्ये एक हुन् । गोमेज आफुपनि मानसिक स्वास्थ्यबाट पिडित भएको बताउदै आएकी छन् ।

यस प्लेटफर्मले मानसिक फिटनेस बढाउन मद्धत गर्ने भन्दै उनले विश्वभरका मानिसहरुलाई यसमा कनेक्ट गराउने बताएकी छन् ।

वन्डरमाइन्डले पोडकास्ट पनि संचालन गर्ने र यसमा मानसिक स्वास्थ्यको समस्या भएकाहरुले आफ्ना समस्या साझा गर्ने बताइएको छ ।

मिडिया कम्पनि भन्दा अगाडी गोमेजको आफ्नो रेयर ब्यूटी नामको कस्मेटिक कम्पनि पनि रहेको छ । उनले २०२० को जुलाईमा लन्च गरेको सो कम्पनिको १० बर्षमा १०० मिलियन डलरको कम्पनि बनाउने लक्ष्य रहेको छ । सो पैसा उनले मानसिक स्वास्थ्यको शिक्षामा खर्च गर्ने बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै