• २०८१ बैशाख ४ मंगलबार

नेपालमा कोरोना: २४ घण्टामा ३५१ संक्रमित, ९ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप ३५१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ३१३ र एन्टीजेन परिक्षणबाट ३८ गरि कुल ३५१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले ९८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८७२९ पिसिआर र १४४५ नमुना एन्टीजेन परिक्षण गरि कुल १० हजार १७४ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ३०० पुगेका छन् । त्यस्तै आइसीयुमा २२३ जना छन् भने देशभर ५१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा ४३१ जना छन् भने होम आइसोलेसनमा ६ हजार ८६९ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९८ हजार ५११ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

अहिलेसम्म पहिलो मात्रा ९२ लाख ६ हजार १८७ र पूर्ण मात्रा ७९ लाख ९० हजार १९० ले लगाइसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल एक करोड ७१ लाख ९६ हजार ३७७ डोज खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै