• २०८१ बैशाख ८ शनिबार

तीन वर्षमा बनिसक्नु पर्ने तिलावे पुल ६ वर्षमा पनि अधुरै

kharibot

वीरगन्ज । वीरगन्ज–ठोरी हुलाकी राजमार्ग अन्तर्गत तिलावे खोलाको पुल निर्धारित समय मैं निर्माण नहुँदा पर्साका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।

सदरमुकाम वीरगन्जलाई ग्रामीण भेगसँग जोड्ने एक मात्र सडकको नयाँ पुल नबने कै कारण बिहान र साँझको समयमा घण्टौं ट्राफिक जाम हुँने गरेको हो ।

वीरगन्जका उद्योग, व्यापारिक प्रतिष्ठान र भौत्तिक पूर्वाधार निर्माण लगायत कार्यमा ग्रामीण भेगबाट दैनिक हजारौंको संख्यामा सर्वसाधारण आउँने गरेका छन् । यसले गर्दा जीर्ण भइसकेको साँघुरो पुुलमा दैनिक जाम हुँने गरेको छ । ‘एक लेनको पुलमा सवारी जाम लाग्दा ३/४ घण्टा अड्कनु पर्छ, व्याक गर्ने ठाउँ पनि हुँदैन,’ स्थानीय रामशंकर चौरसिया भन्छन्, ‘नयाँ पुल नबन्दा धेरै सास्ती छ ।’

गत २०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउँने गरी तिलावे खोलाकाे पुलको ठेक्का सकार गरेको थियो । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगंजले पहिलो कार्यादेश अनुसार तिलावे खोलाको पुल २०७५ जेठ २४ सम्ममा निर्माण व्यवसायीले निर्माण सम्पन्न गर्नु पर्ने जनाएको छ ।

पटक पटक थपिएको ठेक्काको पछिल्लो म्याद २०७८ भदौ ६ मैं सकिएको छ । तर, हाल सम्मको भौत्तिक प्रगति ६७ प्रतिशत मात्र रहेको योजना कार्यालयले जनाएको छ । 

पछिल्लो ६-७ महिना देखि पुल निर्माणको काम ठप्प थियो । दुई-तीन दिन देखि स्काभेटरले त्याहाँ माटो पुर्ने काम भईरहेको स्थानीय बिरजुलाल गुप्ताले बताए ।

पुल निर्माणको ठेक्का पप्पु र लुम्बिनीले संयुक्त रूपमा सकार गरे पनि सुरुमा बिरगंज कै पप्पु कन्सट्रक्सनले निर्माण कार्य अगाडि बढाएको थियो । ‘पछिल्लो समय लुम्बिनी बिल्डर्सले निर्माण कार्य गर्दै आएको थियो,’ इन्जिनियर मण्डलले भने, ‘विगत ७ महिना देखि लुम्बिनी पनि साइटमा देखिएको छैन, उक्त पुल जिल्ला कै मेरुदण्ड हो । 

उनका अनुसार म्याद थपका लागि गत असोज २१ भित्र निर्माण व्यवसायीले सम्पूर्ण कागजात बुझाउँनु पर्थ्यो तर, कुँनै चाँसो देखाएका छैनन् ।

जानकारका अनुसार ‘लो–बिड’ मा ठेक्का सकार गर्ने र समय मैं काम नगर्ने प्रवृत्ति हाबी छ । कतिपय निर्माण व्यवसायीले ‘मोबिलाइजेसन’ खर्च लिएर घर जग्गामा लगानी गर्ने गरेका छन् । 

ठेक्का पूरा नगर्नेलाई नियमक निकायले कारवाही गर्न नसक्दा एउटै कन्स्ट्रक्सनले ठेक्का पाइरहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै