• २०८१ बैशाख ७ शुक्रबार

नेप्सेमा ११ अंकको गिरावट

kharibot

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से ११.६ अंकले घटेर २७५७.५३ विन्दुमा पुगेको हो ।

त्यस्तै आइतबार सेन्सेटिभ सूचक ३.७५ अंकले घटेको छ भने फ्लोट सूचक ०.६५ अंकले घटेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक भने ०.७९ अंकले घटेको छ ।

त्यस्तै आइतबार २२५ कम्पनिका ७८ लाख ९४ हजार कित्ता शेयर कारोबार भएको छ । त्यस्तै आज ४ अर्ब ३५ करोडको कारोबार भएको छ ।

त्यस्तै हाइड्रो पावर र उत्पादन बाहेक सबै उपसूचकको शेयर मुल्य घटेको छ ।

जसमा आइतबार ट्रेडिङ उपसूचकको सबैभन्दा बढी १.८७ र अन्यको १,८३ प्रतिशतले घटेको छ । त्यस्तै उत्पादनको १.४९ प्रतिशत र हाइड्रोको ०.४१ प्रतिशतले बढेको छ ।       

त्यस्तै आइतबार नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै तेर्हथुम पावरको सबैभन्दा बढी ४.२१ प्रतिशतले  घटेको छ ।

आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको ५० करोडको कारोबार भएको छ भने नेशनल हाइड्रोको २३ करोडको कारोबार भएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै