• २०८१ बैशाख ७ शुक्रबार

वाटफोर्डसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार राति सम्पन्न खेलमा वाटफोर्डले म्यानचेस्टर युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

वाटफोर्डको जितमा जोशुआ किंग, इस्माइला सार, जोआओ पेड्रो र इमानुएल बोनाभेन्चरले एक एक गोल गरेका थिए ।

त्यस्तै युनाइटेडका लागि एक गोल डोनी भान डे बीकले एक गोल गरेका थिए ।

यस खेलमा युनाइटेडका कप्तान ह्यारी मग्युरोले खेलको ६९औ मिनेटमा रातो कार्ड पाएपछि युनाईटेड १० खेलाडीमा सिमित भएको थियो । मग्युरोले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोडेका थिए ।

यो जितपछि वाटफोर्डको १२ खेलमा १३ अंक भएको छ भने लिगमा १६औ स्थानमा उक्लिएको छ । त्यस्तौ युनाइटेडले भने यस सिजनमा पाँचौ हार बेहोरेको छ । युनाइटेको १२ खेलमा १७ अंक छ र लिगमा सातौ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै