• २०८१ बैशाख ६ बिहीबार

सर्जियो अग्युरो अब मैदानमा नफर्किने, फुटबलबाट सन्यास लिदै

kharibot

काठमाडौँ । मुटुको समस्याका कारण कम्तिमा तीन महिना मैदान बाहिर भएका अर्जेन्टिनी र बार्सिलोनाका फरवार्ड सर्जियो अग्युरोले फुटबलबाट सन्यास लिने भएका छन् ।

मुटुको समस्याका कारण पुन: मैदानमा फर्किन नसक्ने भएपछि अग्यूरो सन्यास लिने निष्कर्षमा पुगेको खेल पत्रकार जेरार्ड रोमेरोले उल्लेख गरेका छन् ।

अग्युरोको सन्यासको बारेमा उनको क्लब बार्सिलोनालाई पनि जानकारी गराइएको पत्रकार रोमेरोले बताएका छन् ।

अग्युरोको सन्यासको घोषणा यसै साता पत्रकार सम्मेलन गरेर गरिने बताइएको छ । अग्युरोलाई मुटुको धड्कनमा समस्या देखिने रोग आर्हिथमिया भएको बताइएको छ । 

कार्तिक १३ गते शनिबार राति सम्पन्न खेलमा पहिलो हाफअघि नै छातीमा समस्या देखिएपछि मैदान छोडेका अग्युरो तीन महिना मैदान बाहिर हुने बार्सिलोनाले जानकारी दिएको थियो ।

आल्भेजविरुद्धको खेलमा अग्युरो पहिलो हाफअघि श्वास लिन समस्यापछि पछि मैदान छोडेका थिए । बार्सिलोनाले अग्युरो बारे जानकारी दिदै थप उपचारका लागि तीन महिना लाग्ने जानकारी दिएको थियो ।

अग्युरोका पछिल्ला परिक्षणका रिपोर्टहरु सकारात्मक नभएकाले उनले फुटबलबाट सन्यास लिन पर्ने भएको बताइएको छ ।

म्यानचेस्टर सिटी छोडेर बार्सिलोना आएका अग्युरो इन्जुरीका कारण बार्सिलोनाका लागि सिजनको शुरुवात ढिलो गरेका थिए । उनले अहिलेसम्म केबल ५ खेल मात्र खेलेका छन् भने एक मात्र गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै