• २०८१ बैशाख ७ शुक्रबार

लेस्टर सिटीमाथि चेल्सीको सहज जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लेस्टर सिटीमाथि सहज जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा चेल्सीले लेस्टरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा एन्टोनियो रुडीगेर, एनगोलो कान्टे र क्रिस्टियन पुलासिकले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको १२ खेलमा २९ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ ।

त्यस्तै लेस्टर सिटीको भने १२ खेलमा यो पाँचौ हार हो । यस खेलपछि लेस्टरको १५ अंक रहेको छ र लिगमा १२औ स्थानमा झरेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै