• २०८१ बैशाख १२ बुधबार

बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई राष्ट्रपतिको अधिकार किन दिदैछन् ?

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो राष्ट्रपतिय अधिकार केहि समयका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गर्ने भएका छन् ।

ह्वाइटहाउसले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति बाइडेनले कोलोनोस्कोपी गर्नको लागि एनेस्थिसिया गर्नुपर्ने भएकाले आफ्नो अधिकार उपराष्ट्रपति ह्यारिसलाई दिन लागेका जानकारी दिएको हो ।

यो बाइडेनको रुटिन चेकअपको प्रक्रियाको हिस्सा रहेको बताइएको छ । अमेरिकी संबिधानमा राष्ट्रपति जहिले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्ने अवस्थामा रहनुपर्ने व्यवस्था रहेको हुनाले उपचारकोक्रममा बेहोस गराउनुपर्ने भएकोले आफ्नो राष्ट्रपतिय अधिकार हस्तान्तरण गर्नु परेको बताइएको छ ।

राष्ट्रपति बाइडेनको उपचारको क्रममा उपराष्ट्रपति ह्यारिस वेस्ट विंगस्थित कार्यालयबाटै कार्यवाहक राष्ट्रपतिको भूमिका निभाउने छिन् । यससँगै उपराष्ट्रपति ह्यारिस अमेरिकाको इतिहासमा पहिलो महिला कार्यवाहक राष्ट्रपति बनेकी छन् ।

अमेरिकाको इतिहासमा यस अघि पनि उपराष्ट्रपतिलाई राष्ट्रपतिले आफ्नो शक्ति हस्तान्तरण गरेको इतिहास छ । यसअघि २००२ र २००७ मा तत्कालिन राष्ट्रपति जर्ज डब्लु बुशले कोलोनोस्कोपी गर्दा यहि प्रक्रिया अपनाएका थिए ।

राष्ट्रपति बाइडेन ७९ बर्षका छन् भने उनी अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन् ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै