रौतहट । हावाको ट्यांकी विस्फोट हुँदा रौतहटमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको कटहरिया स्थित एक वर्कशपमा हावाको ट्यांकी विस्फोट हुँदा ती व्यक्तिको मृत्यु भएको हो ।
मृत्यु हुँनेमा सम्सी मंसुरी रहेको प्रहरी चौकी कटहरियाले जनाएको छ ।
सोहि दुर्घटनामा परी अर्का एक जना पनि घाइते समेत भएका छन् । घाईतेको बिरगंजमा औषधी उपचार भईरहेको प्रहरीले जनाएको छ ।
घटना बारे थप बिवरण भने आउँन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ ।