• २०८१ बैशाख १३ बिहीबार

एबी डिभीलियर्सले लिए सबै खाले क्रिकेटबाट सन्यास

kharibot

काठमाडौँ । दक्षिण अफ्रीकाका क्रिकेटर एबी डिभीलियर्सले सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेटबाट २०१८ मा सन्यास लिएका ३७ बर्षिय डिभीलियर्सले अब टी-२० फ़्रेन्चाइजी लिगबाट पनि सन्यास लिएका हुन् ।

शुक्रबार सामाजिक संजालमार्फत सन्यासको जानकारी दिदै ३७ बर्षिय डिभीलियर्सले आफ्नो क्रिकेट यात्रा अविश्वसनीय भएको भन्दै आफुले सबैखाले क्रिकेटबाट सन्यास लिएको उल्लेख गरेका छन् ।

डिभीलियर्सले पछिल्लो पटक हालै सम्पन्न आइपिएल खेलेका थिए । यस सिजनमा उनले १५ खेलमा ३१३ रन बनाएका थिए । उनले आइपिएलमा १५७ खेल खेल्दै १५८.३३ को स्ट्राइक रेटमा ४५२२ रन बनाएका छन् ।

उनी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरमा २०११ देखि जोडिएका थिए । डिभीलियर्सले बैंगलोरको टिमलाई धन्यवाद दिदै यस यात्रामा कैयौं अविस्मरणीय क्षण रहेको उल्लेख गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै