• २०८१ बैशाख ८ शनिबार

सेरोगेसीबाट जुम्ल्याहा बच्चाकी आमा बनिन् प्रिती जिन्टा

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री प्रिती जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । ४६ बर्षिय अभिनेत्री प्रितीले सेरोगेसीबाट जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।

प्रिती र उनका अमेरिकी पति जीन गुडइनफले सामाजिक सञ्जाल मार्फत आफुहरु अभिभावक बनेको जानकारी दिएका हुन् ।

प्रितीले जीवनको नयाँ यात्राका लागि आफूहरु खुसी भएको उल्लेख गर्दै बच्चाको नाम जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफ राखेको जानकारी दिएकी छन् । दिल से फिल्मबाट बलिउडमा डेब्यु गरेकी प्रितीले सोल्जर, चोरी चोरी छुपके छुपके, दिल चाहता है, दिल है तुम्हारा, कभी अलविदा ना कहेनाजस्ता सुपरहिट फिल्ममा काम गरेकी छन् ।

पछिल्लो समय भने प्रिती अभिनयबात टाढा रहदै आफ्नो आइपिएल टिम पञ्जाब किंग्सको काममा व्यस्त रहेकी छन् जिन्टा गुडइनफ 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै