• २०८१ बैशाख ७ शुक्रबार

बेलायतका प्रधानमन्त्रीका पितालाई महिला सांसद र पत्रकारले लगाए यौन दुर्व्यवहारको आरोप

kharibot

काठमाडौँ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनका पिता स्टेनली जोन्सनलाई यौन दुर्व्यबहारको आरोप लागेको छ ।

स्टेनलीलाई दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका हुन् । स्टेनलीलाई कन्जरभेटिभ सांसद कारोलिन नोक्स र पत्रकार एलिबे रे ले यौन दुर्व्यवहारको आरोप लगाएका हुन् ।

यो घटना २००३ को भएको सांसद नोक्सले एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी हुन् । स्काई न्यूजसँगको एक अन्तर्वार्तामा नोक्सले स्टेनलीले आफुलाई गलत तरिकाले छोएको र अश्लिल कमेन्ट समेत गरेको आरोप लगाएकी हुन् । उनले

स्टेनली डेवान क्षेत्रबाट निर्वाचनको उम्मेदवार रहेका बेलाको भएको बताएकी छन् । त्यति बेला सांसदको उम्मेदवार रहेकी नोक्सले आफु ३० बर्षको उमेरमा रहेको बेला स्टेनलीले आफुलाई दुर्व्यवहार गरेको बताएकी छन् ।

नोक्सले यस किसिमको घटना बाहिर ल्याउन जरुरी रहेको बताउदै त्यति बेला भने आफुले यो विषय बाहिर ल्याउन नसकेको बताइन । नोक्स बेलायती संसदको महिलासम्बन्धि एक समितिको प्रमुख समेत हुन् ।

नोक्सको आरोपपछि न्यू स्टेटम्यानकी वरिष्ठ पत्रकार एलिबेले स्टेनलीले २०१९ मा आफुलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छन् । सामाजिक सञ्जाल मार्फत एलिबेले २०१९ मा कन्जरभेटिभको कन्फेरेन्समा आफुलाई दुर्व्यवहार गरेको उल्लेख गरेकी छन् । एलिबेले नोक्सले आफ्नो कुरा राखेपछि आफुलाई पनि स्टेनलीको कुरा बाहिर ल्याउन हिम्मत जुटेको बताएकी छन् ।

यस विषयमा स्टेनलीले भने नोक्सको आरोपको बारेमा आफुलाई अहिले कुनै सम्झना नरहेको प्रतिक्रिया दिएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै