• २०८१ बैशाख ८ शनिबार

बलिवुडका अहिलेसम्मका धेरै कमाई गर्ने १० फिल्म, कुन कुन छन् ?

kharibot

काठमाडौँ । बलिवुड फिल्ममा कोरोना महामारी पछि खुलेका सिनेमा घरमा सुर्यबंशीको राम्रो परफरमेन्सबात बलिवुड निकै उत्साहित बनेको छ । सुर्यबंशीको सफलतापछि लामो समय देखि रोकिएर रहेका एकपछि अर्को फिल्मको रिलिज मिति घोषणा भैरहेका छन् ।

अक्षयकुमार अभिनित सुर्यबंशी उनको नाममा सफल फिल्मको शृंखलामा अर्को फिल्म जोड्न सफल भएको छ । तर बलिवुडमा अहिलेसम्म अक्षयकुमारका फिल्म धेरै कमाई गर्ने फिल्मको सूचीमा उत्कृष्ट १० भित्र भने पर्न सकेका छैनन् ।

पछिल्ला बर्षहरुमा अक्षयकुमारलाई बक्स अफिसका सबैभन्दा भरोसा गर्न लायक अभिनेता मानिएको छ । यसकै कारण उनका हरेक बर्ष कम्तिमा चार फिल्म रिलिज भैरहेका छन् ।

अहिलेसम्म धेरै कमाई गर्ने १० फिल्ममा सलमान खान र आमिर खानका ३-३ फिल्म रहेका छन् भने प्रभास, ऋतिक रोशन, रणबिर कपूर र रणबीर सिंहका एक एक फिल्म रहेका छन् ।

यस सूचीमा दशौ स्थानमा २०१३ मा रिलिज भएको आमिर खान, अभिषेक बच्चन र उदय चोपडा स्टारर फिल्म धूम-३ रहेको छ । धूम-३ ले रिलिजको तीन दिनमै सय करोड कमाई गरेको थियो भने कुल कमाई २८४.२७ करोड गरेको थियो ।

यस सूचीको नवौं स्थानमा सलमान खानको २०१६ मा रिलिज भएको फिल्म सुल्तान रहेको छ । सुल्तानले रिलिजको तीन दिनमा सय करोड कमाई गरेको थियो भने कुल कमाई ३००.४५ करोड गरेको थियो ।

यस सूचीमा आठौ स्थानमा रणवीर सिंह, दीपिका पादुकोणको २०१८ मा रिलिज भएको फिल्म पद्मावत रहेको छ । पहिलो सातामा १६६.५० करोड कमाएको पद्मावतले कुल कमाई ३०२.१५ करोड गरेको थियो ।

त्यस्तै यस सूचीको सातौ स्थानमा ऋतिक रोशन र टाइगर सराफ अभिनित २०१९ मा रिलिज भएको फिल्म वार रहेको छ । पहिलो साता २३८.३५ करोड कमाई गरेको वारले कुल कमाई ३१७.९१ करोड गरेको थियो ।

त्यसैगरी यस सूचीको छैटौ स्थानमा सलमान खानको २०१५ मा रिलिज भएको फिल्म बजरंगी भाइजान रहेको छ । पहिलो सातामा १८४.६२ करोड कमाई गरेको बजरंगी भाइजानले कुल कमाई ३२०.३४ करोड गरेको थियो ।

त्यस्तै यस सूचीमा पाँचौ स्थानमा सलमान खानकै २०१७ मा रिलिज भएको अर्को फिल्म टाइगर जिन्दा है रहेको छ । यस फिल्मले पनि रिलिजको तेस्रो दिनमै सय करोड कमाई गरेको थियो भने कुल कमाई ३३९.१६ करोड गरेको थियो ।

यस सूचीको चौथो स्थानमा आमिर खानको २०१४ मा रिलिज भएको फिल्म पिके रहेको छ । रिलिजको चार दिनमा सय करोड कमाई गरेको यस फिल्मको कुल कमाई ३४०.०८ करोड रहेको छ ।         

त्यस्तै यस सूचीमा तेस्रो स्थानमा रणविर कपूर अभिनित २०१८ मा रिलिज भएको फिल्म सन्जू रहेको छ । पहिलो साता२०२.५१ करोड कमाई गरेको सन्जूले कुल कमाई ३४२.५३ करोड गरेको थियो ।

यस सूचीमा दोस्रो स्थानमा आमिर खान अभिनित २०१६ मा रिलिज भएको फिल्म दंगल रहेको छ । पहिलो साता १९७.५४ करोड कमाई गरेको दंगलले कुल कमाई ३८४.३८ करोड गरेको थियो ।

त्यस्तै बलिवुडमा अहिलेसम्म धेरै कमाई गरेको फिल्म बाहुबली-२ हो । २०१७ मा रिलिज भएको यस फिल्मले पहिलो सातामा २४७ करोड कमाई गरेको थियो भने कुल कमाई ५१०.९९ करोड रहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै