• २०८१ बैशाख ४ मंगलबार

पेट्रोलियम पदार्थसहितको मूल्यवृद्धि फिर्ता लिन मञ्चको माग

kharibot

प्रतिनिधी तस्वीर

दमक । पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुमा लगातार भइरहेको मूल्यवृद्धिप्रति उपभोक्ता हित संरक्षण मञ्च दमक, झापाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

लामो समयसम्म कोरोना महामारीका कारण आर्थिक सङ्कट झेलेका सर्वसाधारणलाई मूल्यवृद्धिले झनै समस्यामा पारेको मञ्चले जनाएको छ । मञ्चका प्रदेश नं १ उपाध्यक्ष एवं दमक कार्यसमितिका अध्यक्ष डा नवीन चापागार्इँ र नगरसचिव गोपाल झापालीद्वारा जारी विज्ञप्तिमा लगातार भइरहेको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरिएको छ । यस्तै तीन तहका सरकारलाई विभिन्न शीर्षकमा नागरिकले कर तिरिरहनुपरेको अवस्थामा करको दर समायोजन गरी नागरिकमैत्री बनाउन पनि आग्रह गरिएको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले यातायात, खाद्यवस्तु, दैनिक उपभोग्य एवं सबै प्रकारका वस्तुको मूल्य बढेको भन्दै यसमा गम्भीर भई मूल्यवृद्धि फिर्ता गराउन पनि सरकारसँग माग गरिएको छ । यस्तै हिउँदे बाली लगाउने बेला भएकाले किसानलाई सर्वसुलभ रूपमा गुणस्तरी बीउ, मल तथा कृषि क्षेत्रमा आवश्यक वस्तु उपलब्ध गराउन पनि तीनै तहका सरकारसँग मञ्चले माग गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै