• २०८१ बैशाख १२ बुधबार

हार्दिक पाण्डेयले किने ५ करोडको घडी !

kharibot

काठमाडौँ । भारतीय अलराउन्डर् क्रिकेटर हार्दिक पाण्डेयले किनेका दुइ घडी अहिले चर्चामा रहेका छन् ।

टी-२० विश्वकप सकेर भारत फर्किने क्रममा मुम्बईस्थित छत्रपति शिवाजी विमानस्थलमा पाण्डेयले दुबईबात किनेर ल्याएको ५ करोड मूल्यका दुई घडी बरामद गरिएको खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । मिडिया रिपोर्टमा हार्दिकले करिब ५ करोडका दुई घडी दुबईबात किनेर ल्याएको र विमानस्थल भन्सारले दुवै घडी जफत गरेको उल्लेख गरिएको छ । मिडिया रिपोर्टमा हार्दिकले घडीको बिल पेश गर्न नसकेको बताइएको छ ।

समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि हार्दिकले समाचारको खण्डन गरेका छन् । सामाजिक सञ्जालमार्फत हार्दिकले आफुले ५ करोडको नभई डेढ करोडको घडी किनेको स्पष्ट गर्दै भन्सारले जफत गरेको नभई आफुले नै भन्सारमा बुझाएर आएको स्पष्ट गरेका छन् ।

हार्दिकले आफुले घडीको बिल समेत भन्सारमा छोडेको र अहिले भन्सारले घडीको मुल्य तय गरेर आफुले तिर्नु पर्ने कर तय गर्नेक्रममा रहेको उल्लेख गरेका छन् । हार्दिकले आफुले नियम अनुसारको भन्सार कर तिर्ने बताउदै मिडियामा प्रकाशित समाचार सत्य नभएको स्पष्ट गरेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै