• २०८१ बैशाख ७ शुक्रबार

हस्तकला व्यापार मेलाको तयारी पुरा 

kharibot

काठमाडौं । नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औं हस्तकला व्यापार मेला तथा १६ औं कला प्रतियोगिताको तयारी पूरा भएको छ । मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको वौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलामाको तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । 

मेलामा विभिन्न हस्तकलाका विधाका एकसय २० भन्दा बढी स्टल रहने बताइएको छ ।विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यस पटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिएका छन् । अधिकांस स्टल बुकिङ भइसकेको पनि उनले जानकारी दिएका छन् ।

मेलामा एउटै छाना मुनि हस्तकला वस्तुको बृहत प्रदर्शनी तथा बिक्री, समय सापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणा अनुरुप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कलाप्रतियोगिता अन्तर्गत परम्परागत–जडाऊ कला( फिलगिरी), समसामयिक प्राकृतिक रेशा(नेचुरल फाइवर), अर्मूत सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाँघेका जेष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान रहेको मेला संयोजक शाक्यले जानकारी दिएका छन् । 

मेलामा उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाबाट गरिने र मेला अवलोकनका लागि विभिन्न मुलुकका कुटनीतिक नियोगका प्रमुख, राजदूत तथा उच्च पदस्थ अधिकारीहरुलाई पनि आमन्त्रण गरिएको शाक्यले बताएका छन् ।
मेलामार्फत हस्तकला क्षेत्रका उद्यमी व्यवसायीले स्वदेशी तथा विदेशी व्यापारीसँग सम्बन्ध स्थापित गरी व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न अवसर प्राप्त हुने,प्रत्येक वर्ष एक निश्चित समयमा यस्ता मेला आयोजनाले नयाँ–नयाँ उद्यमी निस्कने, हस्तकलाका वस्तुको उत्पादन, डिजाइन, विकास र वस्तु विविधिकरण प्रोत्साहन मिल्ने, हस्तकलाको क्षेत्रमा रहेको सीप, कला र प्रविधिबारे जानकारी आदान प्रदान हुने, स्वदेशमै रोजगारी अभिबृद्धि हुने, हस्तकलामा नयाँ पुस्तालाई आकर्षित गर्न सकिने आयोजकको अपेक्षा रहेको छ । 

मेलाका झण्डै एक लाखले अवलोकन गर्ने, प्रत्यक्ष कारोबार र व्यवसायिक अर्डरसमेत गरी तीन करोडदेखि पाँच करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ । साथै, मेलामा प्रवेश टिकट खरिद गरी मेला अवलोकन गर्ने आगन्तुकलाई विशेष आकर्षक डोर प्राइजको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

नेपालको मौलिक कलाका रुपमा रहेको परम्परागत हस्तकलालाई यहाँका कलाकार कालीगढबाट उत्पादित हस्तकलाका वस्तु स्वदेश र विदेशमा व्यापार व्यवसाय प्रवद्र्धन गर्न हस्तकलामा संलग्न कलाकार, कालीगढलाई प्रोत्साहन गरी सीप हस्तान्तरण गरी हाम्रो देशको भौलिक कलाकृति अन्तराष्ट्रिय बजारमा समेत प्रवद्र्धन गर्नुपर्नेमा महासंघले जोड दिँदै आएको छ । 
सोही उद्देश्यअनुरुप २०४८ देखि आफनो बार्षिक क्यालेण्डरका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार निकासी तथा प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजना मेला आयोजना गर्दै आएको छ । मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, सिएनआई, नेपाल पर्यटन वोर्ड, ललितपुर महानगरपालिका, काठमाडौ. महानगरपालिका, नेपाल सुनचाँदी व्यवसायी महासंघलगायत संघ/संस्थहरुको सहयोग रहेको छ ।  

मेलाले कोरोना महामारीले सिथिल बनेको हस्तकलाको आन्तरिक तथा बाह्य बजारलाई प्रवद्र्धन गरी देशको अर्थतन्त्रमा टेवा पुग्ने मात्र नभई स्वदेशमै रोजगारीको अवसर दिलाउन तथा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा क्रेता बिक्रेतालाई एउटै स्थानमा भेला गराउने, नवोेदित उद्यमी व्यवसायीलाई बजार पहँुचको अवसर प्रदान गराउन एवं नेपाली संस्कृतिबीच हस्तकलाको सम्बन्धमा जनभावना उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै