• २०८१ बैशाख ११ मंगलबार

फेरी मुश्किलमा शिल्पा र राज

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टी फेरी मुश्किलमा परेकी छन् । अघिल्लो महिना पति राज कुन्द्रा अश्लिल फिल्म निर्माण प्रकरणमा हिरासतमा परेपछि कानुनी मामिलामा परेका शिल्पा र राजविरुद्ध फेरी अर्को धोकाधडीको मुद्धा दायर भएको छ ।

शिल्पा र राजविरुद्ध मुम्बईस्थित बान्द्रा पुलिस स्टेशनमा धोकाधडीको मुद्धा दायर भएको छ । मुद्धामा राजले २०१४ देखि धोकाधडी दिएर डेढ करोड भन्दा बढि ठगेको आरोप लगाइएको छ ।

यस विषयमा प्रहरीले शिल्पा र राजसँग पुछताछ गर्न सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

शिल्पा र राजले जिम र स्पा सेन्टरको फ़ेन्चाइजीका लागि एक करोड ५९ लाख लिएको र सो रकम आफ्नो निजी प्रयोगमा खर्च गरेको मुद्धामा आरोप लगाइएको छ ।

हाल अश्लिल फिल्म निर्माण प्रकरणमा दुइ महिना जेल बसेर राज कुन्द्रा जमानतमा रहेको बेला अर्को धोकाधडीको मुद्धा दायर भएको छ ।

जेलबाट बाहिर आएपछि राज कुन्द्राले आफ्नो सामाजिक सञ्जालका एकाउन्ट डिलिट गरेका छन् ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै