• २०८१ बैशाख ७ शुक्रबार

पिताको संरक्षकत्वबाट मुक्त भइन् ब्रिटनी

kharibot

काठमाडौँ । लामो समयको विवाद र कानुनी लडाईपछि अमेरिकी गायिका ब्रिटनी स्पियर्स आफ्ना पिता जेमी स्पेयर्सको संरक्षकत्वबाट मुक्त भएकी छन् ।

गत श्रावणमै जेमी आफ्नी छोरीको संरक्षकबाट हट्न चाहेको आदलतलाई जानकारी गराएको भएपनि अहिले १३ बर्षपछि ब्रिटनी आफ्ना पिताको संरक्षकत्वबाट मुक्त भएकी हुन् । ब्रिटनीले सामाजिक सञ्जाल मार्फत यो आफ्नो अहिलेसम्मको उत्कृष्ट दिन भएको बताएकी छन् ।

लस एन्जल्स अदालतका न्यायाधिशले तुरन्तैदेखि लागु हुने गरि ब्रिटनीमाथिको उन्काप पिताको संरक्षकत्व अन्त्य गरेका हुन् ।

अदालतले ब्रिटनीको संरक्षकत्व हटाएपछि अदालत अगाडी उनका फ्यानले खुशीयाली मनाएका थिए ।     

पछिल्लो समय ब्रिटनीले आफ्ना पितालाई कैयौं आरोप लगाउदै कानुनी लडाई लडेकाले सार्बजनिक रुपमा पनि जिमीको आलोचना भैरहेको थियो । ब्रिटनीका फ्यानहरुले पनि उनका पितालाई कैयौं आरोप लगाउदै सामाजिक सञ्जाल र अन्य माध्यमबाट लगातार आक्रमण गरिरहेका थिए ।

३९ बर्षिय गायिका ब्रिटनीले यस अघि अदालतमा आफ्ना पितालाई संरक्षकत्वको अधिकारबाट हटाउनु पर्ने माग राख्दै दायर गरेको मुद्दामाअदालतले यो अधिकार दिन अस्वीकार गरेको थियो । 

गायिका स्पियर्सको मानसिक स्वास्थ्यलाई ख्याल राख्दै अदालतले उनका पिता जेमी स्पियर्सलाई सन २००८ मा संरक्षकत्वको अधिकार दिएको थियो । अदालतले यसका साथै ब्रिटनीका पितालाई उनको करिब ६० मिलियन डलरको सम्पतिको पनि संरक्षक बनाएको थियो ।

पछिल्लो १३ बर्षदेखि उनका पिताले नै ब्रिटनीको जीवनको महत्वपूर्ण फैसला लिने गर्दथे ।

उनले आफ्नो विवाह गर्ने र सन्तान जन्माउने अधिकार पनि खोसिएको भन्दै आफ्नो इच्छा विपरीत मानसिक रोगको औषधि दिइएको आरोप लगाउदै आफ्नो पिताको कडा आलोचना गरेकी थिइन् ।

ब्रिटनीले न्यायाधिशलाई भनेकी थिइन्- 'म चाहन्छु की बिना कुनै मुल्यांकन यो 'संरक्षकत्व' लाई समाप्त गरियोस् । यो संरक्षकत्वले मेरो राम्रो हुनुको साटो झन् नोक्सान भइरहेको छ । म आफ्नो जीवनको हकदार छु ।' 

तर उनका पिता जेमीले पछिल्लो दुई बर्षदेखि आफुले निजी मामिलामा दखल नदिएको अदालतमा बताएका थिए । उनले आफु आफ्नी छोरीको आरोपबाट दुखि भएको बताएका थिए । उनले पछिल्लो दुई बर्षदेखि उनको निजी र मेडिकल विषयमा आफुले कुनै किसिमको हस्तक्षेप नगरेको बताएका थिए ।

सन् २००७ मा स्पियर्सले केभिन फेडरलाइनसँग वैवाहिक सम्बन्ध विच्छेद गर्दा आफ्ना सन्तान आफूसँग नरहने भएपछि अनौठो व्यवहार गर्न थालेकी थिइन् । कपाल खौरने र पत्रकारको कारमा छाताले हिर्काउने जस्ता सार्वजनिक रूपमा अनौठा व्यवहार गरेपछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठेको थियो ।

सन् २००८ मा उनी मानसिक स्वास्थ्य उपचारका लागि दुई पटक अस्पताल भर्ना भएकी थिइन् । त्यसपछि अदालतले उनको मानसिक स्वास्थ्य ठिक नभएको भन्दै उनका पितालाई संरक्षक बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै