• २०८१ बैशाख १२ बुधबार

नेटफ्लिक्सको सबैभन्दा महँगो फिल्म 'रेड नोटिस'

kharibot

काठमाडौँ । ओटीटी प्लेटफर्म नेटफ्लिक्समा आज हलिवुडको निकै चर्चामा रहेको फिल्म रेड नोटिस रिलिज हुदै छ ।

२०१८ देखि बनाउन शुरु भएको यो फिल्म चर्चामा आउनुमा यसको निर्माण बजेट र यसका प्रमुख कलाकार रहेका छन् । यो फिल्मको लागत २० करोड डलर रहेको बताइएको छ । नेटफ्लिक्सले अहिलेसम्म बनाएको यो सबैभन्दा महँगो फिल्म रहेकाले पनि यसको चर्चा निकै भइरहेको छ ।

यस फिल्मक लागि द रक डवाने जोनसनले २ करोड डलर पारिश्रमिक लिएको बताइएको छ । त्यस्तै वन्डर वूमन फेम  अभिनेत्री गल गाडटले पनि करिब २ करोड डलर नै पारिश्रमिक लिएको चर्चा छ ।  

फिल्म पुरातात्विक कलाकृति चोरिएको कथामा आधारित रहेको छ । थ्रिलर कथा रहेको यस फिल्मको कथा अनुमान गर्न सकिने र यस अघि हेरिएका फिल्ममा रहेको जस्तो लागे पनि जोनसन, गाडोट र रयान रेनोल्डसका कारण फिल्मलाई दर्शकले मन पराएका छन् ।

फिल्मलाई अमेरिकामा नोभेम्बर ५ मा सिनेमा हलमा रिलिज गरिएको थियो । नयाँ कथा नभए पनि फिल्मलाई कलाकारको उत्कृष्ट अभिनयका कारण मन पराएको देखिएको छ ।

कमजोर र अनुमान गर्न सकिने कथालाई निर्देशक रावसन मार्शल थर्बरको प्रस्तुतिले फिल्मलाई हेर्न लायक बनाएको विश्लेषकले विश्लेषण गरेका छन् ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै