• २०८१ बैशाख ४ मंगलबार

टर्किस एयरलाइन्स र रोडहाउसको प्रमोशन क्याम्पेनका विजेता घोषणा

kharibot

काठमाडौँ । टर्किस एयरलाइन्स र रेस्टुरेन्ट चेन रोडहाउसको प्रमोशन क्याम्पेनका विजेता घोषणा गरिएको छ ।

एकबर्षसम्म गरिएको प्रमोशन क्याम्पेनबात सोनाम गुरुङ भाग्यमानी विजेता छानिएका हुन् । विजेता गुरुङले टर्किस एयरलाइन्सको युरोपियन गन्तव्यमा आउने जाने टिकट उपहार स्वरूप जितेका छन् ।

रोड हाउसको वार्षिकोत्सवको अवसरमा गुरुङलाई आगामी शनिबार पुरस्कार हस्तान्तरण गरिने भएको छ ।

टर्किस एयरलाइन्सका महाप्रबन्धक अब्दुल्लाह टंकर केसीसी र रोडहाउसका प्रबन्ध निर्देशक चन्दन कायस्थबीच एक बर्ष अघि बजार प्रमोशन र विभिन्न इभेन्टका लागि यो सम्झौता भएको थियो । दुवै संस्थाबीच आउदा दिनमा पनि स्थानीय र ग्लोबल तहमा सहकार्य हुने बताइएको छ ।

टर्किस यएरलाइन्स सन् १९३३ मा पाँचवटा विमानको साथमा स्थापना भएको हो । स्टार एलायन्स सदस्य टर्की एयरलाइन्सको तीन सय ५१ यात्रु वाहक र कार्गो विमान विश्वका ३२६ गन्तव्यमा उडान भरिरहेका छन् । टर्किस एयरलाइन्सले अहिले काठमाडौँमा सातामा दुई उडान गरिरहेको छ । साथै टर्किस एयरलाइन्स युरोपबाट नेपाल जोड्ने एक मात्र एयरलाइन्स हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै