• २०८१ बैशाख १४ शुक्रबार

चीनको चेतावनी- ताइवान स्वतन्त्रताका नाममा हुने गतिविधि बन्द नभएसम्म तनाव कम हुदैन

kharibot

बेइजिङ । चिनियाँ मुख्य भूमिका प्रवक्ताले बुधबार "ताइवान स्वतन्त्रता" को वकालत गर्ने उत्तेजक कार्यहरू बन्द नभएसम्म ताइवान स्ट्रेटमा तनाव कम नहुने बताएका छन् ।

स्टेट काउन्सिलको ताइवान मामिला कार्यालयका प्रवक्ता झु फेंगलियनले ताइवानको डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले तथाकथित "दुई राज्य" सिद्धान्त र "ताइवान स्वतन्त्रता" को वकालत गर्ने तत्त्वहरू र उत्तेजित पार्न बाह्य शक्तिहरूसँगको मिलेमतोमा हुने गतिविधी नै स्ट्रेटमा तनावको "मूल कारण" भएको बताएका छन् ।

प्रवक्ता झूले पीपुल्स लिबरेसन आर्मीले सञ्चालन गरेको सान्दर्भिक अभ्यास र तालिमले "ताइवानको स्वतन्त्रता" खोज्ने पृथकतावादी गतिविधिहरू र बाह्य शक्तिहरूको हस्तक्षेपलाई लक्षित गरेको टिप्पणी गरेका छन् ।

यी अभ्यास र तालिमहरूले चिनियाँ राष्ट्रको समग्र हित र ताइवानका जनताको हितको रक्षा गर्ने उद्देश्य राखेको झूले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै