• २०८१ बैशाख १३ बिहीबार

बाढी पीडितका लागि राहत प्याकेज ल्याउँछौँ- गृहमन्त्री खाँण

kharibot

बैतडी । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणले आज बैतडीको सिगास गाउँपालिका–५ को ढुङ्गाडस्थित बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । 

निरीक्षणका क्रममा उनले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने बताए । उनले भने, “बाढी पहिरोबाट पीडित नागरिकको पुनःस्थापनाका लागि विशेष राहत कोष बनाएर सरकारले काम अघि बढाउँछ । साथै प्रभावित क्षेत्रका नागरिकको छिट्टै राहत प्याकेज ल्याउनेछौँ ।” यसका साथै उनले सेती नदी नियन्त्रणका लागि तटबन्ध निर्माण गरिनेसमेत बताए ।  

यसअघि कात्तिक ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले पनि उक्त क्षेत्रको निरीक्षण गरेका थिए । कात्तिक पहिलो साताको अविरल वर्षाले ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिगाहा खेती गरेको जमिन बगरमा परिणत थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा गरेर पहिरोमा परी चार जनाको ज्यान गएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै