• २०८१ बैशाख ७ शुक्रबार

ट्वाइलाइट फेम अभिनेत्री क्रिस्टिनाको प्रेमिका डायलनसँग इन्गेजमेन्ट

kharibot

काठमाडौँ । हलिवुड अभिनेत्री क्रिस्टिन स्टेवर्टले आफ्नी प्रेमिका अभिनेत्री एवम् लेखक डायलन मेयरसँग इन्गेजमेन्ट गरेकी छन् । २०१९ देखि एक अर्कासँग डेट गरिरहेका क्रिस्टिन र डायलनले इन्गेजमेन्ट गरेका हुन् ।

क्रिस्टिनले द होवार्ड स्टेर्न शोमा अन्तर्वार्ताका क्रममा आफुले प्रेमिका डायलन मेयरसँग इन्गेजमेन्ट गरेको खुलासा गरेकी हुन् ।

क्रिस्टिनले आफुहरु छिट्टै विवाह बन्धनमा बाधिने समेत बताएकी छन् । उनले आफुहरुले साच्चै विवाह गर्न चाहेको बताउदै आफुले चाहेको पाएकोमा खुशी रहेको बताएकी छन् ।

दुवैको भेट ८ बर्ष अघि बह्येको भएपनि २०१९ देखि उनीहरुले एक अर्कालाई डेट गरिरहेको बताइएको छ ।

पछिल्लो बर्ष क्रिस्टिनले एक अन्तर्वार्तामा आफ्नो सम्बन्धबारे कुरा गर्दै त्यति बेला आफु स्पष्ट रुपमा कुरा गर्न हिच्किचाएकी थिइन् । त्यति बेला उनले आफुहरुको बारे समाचार आउदा र मानिसहरुले कुरा काट्दा अपमानित महसुस गरेको बताएकी थिइन् ।

डायलनभन्दा अगाडी क्रिस्टिनले सुपर मोडल स्टेला म्याक्सवेल र् अभिनेता रोबेर्ट पाटिनसनसँग पनि अफ्येर्समा रहेकी थिइन् । क्रिस्टिना र रोबेर्टको जोडीलाई निकै मन पनि पराइएको थियो । फिल्म ट्वाइलाइटमा सँगै काम गरेका यो जोडी त्यति बेला निकै चर्चाको केन्द्रमा समेत थिए । रोबेर्टपछि क्रिस्टिनाले सुपर मोडल म्याक्सवेललाई डेट गरेपनि उनीहरुको सम्बन्ध लामो समयसम्म जान सकेको थिएन ।

३१ बर्षिय अभिनेत्री क्रिस्टिनले आफ्नो क्यारियरह्यारी पोटर फिल्मबाट गरेकी थिइन् । यसपछि उनले ट्वाइलाइट, प्यानिक रुम, जथुरा, इन द ल्याण्ड अफ वूमन, द म्यासेन्जर, एडभान्चरल्याण्ड जस्ता चर्चित फिल्ममा काम गरेकी छन् । उनको पछिल्लो फिल्म स्पेन्सर यसै नोभेमबरमा रिलिज हुदै छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै