• २०८१ बैशाख ७ शुक्रबार

एभरेष्ट बैंक र दराजबीच सम्झौता

kharibot

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड र दराज ११ : ११ अभियानमा छुट साझेदारीको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौता पत्रमा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिंङले हस्ताक्षर गरेका थिए । 

एभरेष्ट बैंकले जारी गरेको भिसा डोमेस्टिक कार्डहरू (डेबिट र क्रेडिट कार्डहरू) बाट भुक्तानी गरेर दराज ११ : ११ अभियानमा  दराज  प्लेटफर्मबाट खरिद गर्दा एभरेष्ट बैंकले ग्राहकहरुलाई छुट प्रदान गर्नेछ ।

कार्यक्रम  ११  नोवेम्बेर, २०२१ मा  लाइभ   हुनेछ, जहाँ  बैंकले  दराज  एप र वेब साइटहरुमा एभरेष्ट डेबिट-क्रेडिट कार्डहरु प्रयोग गरि सामान खरिद  गर्नेहरुलाई १५% सम्म छुट प्रदान गर्नेछन् । ग्राहकहरुले क्रेडिट कार्डमा अधिकतम रु ३५ सय र डेबिट कार्डमा ३ हजार सम्म छुट पाउन सक्नेछ । 

ई–कमर्समा एक्टिभेट भएको छ कि छैन भनेर कार्ड होल्डरहरुले सुनिश्चित गर्न आवश्यक छ, जुन एभरेष्ट बैंक लिमिटेडको नजिकको कुनै पनि शाखाहरूमा वा  बैंकको मोबाइल बैकिङ्ग मार्फत आवेदन गर्न सकिन्छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै