• २०८१ बैशाख ८ शनिबार

प्रहरीले मलाई दुर्व्यबहार गर्यो, गालामा झापड हान्यो- डान्सर सुशान्त सिंह खत्री

kharibot

काठमाडौँ । नेपालका चर्चित डान्सर सुशान्त सिंह खत्रीले आफूलाई प्रहरीले दुर्व्यबहार गरेको बताएका छन् । सुशान्तले सोमबार फेबसुक र इन्स्टाग्राममार्फत आइतबार राति ठमेलको क्लबबाट निस्कने बेलामा  प्रहरीले दुर्व्यवहार गरेको बताएका हुन्।

खत्रीले क्लब लगभग बन्द भैसकेर् निस्कन लागेको बेला क्लब बन्द गराउन आएका प्रहरीले आफुलाई गालामा झापड हानेको बताएका छन् ।

सुशान्तले सीसीटीभी फुटेजमा सबै कुरा रेकर्ड भएको भन्दै पुलिसले मेरो काँधमा समातेर घिसारेर बाहिर भ्यानमा लगेको बताएका छन् ।

उनले आफुलाई एक घण्टा सोह्रखुट्टे प्रहरी चौकीमा थुनेको बताउदै आफुलाई प्रहरीले ज्याकेट र मास्कसमेत लगाउन नदिएको बताएका छन् ।

सुशान्तले आफूमाथि भएको दुर्व्यवहारका लागि कानुनी प्रक्रिया अघि बढाउने बताएका छन् ।

सुशान्तले के के भने ?

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै