• २०८१ बैशाख ११ मंगलबार

बागमती प्रदेशमा गठबन्धनबाट एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा प्रस्तावित

kharibot

काठमाडौँ । संघीय सरकारमा गठबन्धनमा रहेका दलहरुले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेलाई प्रस्ताव गरेका छन् ।

विहिबार प्रदेश सभामा बोल्दै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका हुन् ।

अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि बोल्दै माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको बताएका हुन्।

एमाले विभाजित भएपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् । जमरकट्टेलले गठबन्धनका तर्फबाट नयाँ सरकार बन्ने भएकोले मुख्यमन्त्रीबाट शाक्यले राजीनामा दिनुपर्ने पनि बताए ।

मुख्यमन्त्री शाक्यलाई विश्वासको मत दिन नसकिने बताउदै जमरकट्टेलले विश्वासको मत पास नहुने र गठबन्धनमा स्पष्ट बहुमत रहेको बताए ।

साथै प्रदेश सभामा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका नेता ईन्द्र बानियाँले गठबन्धनलाई चुनावसम्मै निरन्तर रूपमा लगिने बताउदै प्रदेशमा रहेको एमालेको एकलौटी सरकारले प्रभावकारी ढंगले काम नगरेको आरोप लगाए ।

कांग्रेस गठबन्धनप्रति इमान्दार भएको बताउदै बानियाँले कसैलाई पनि दम्भ गर्न आग्रह गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै