• २०८१ बैशाख ७ शुक्रबार

बाढीपहिरोको क्षति बारे जानकारी लिन प्रधानमन्त्री देउवा बैतडीमा

kharibot

धनगढी । बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा कर्णाली र सुदूरपश्चिम प्रदेशको स्थलगत निरीक्षण सुरु गरेका छन् । 

प्रधानमन्त्री देउवाले विहिबार बैतडीको सिगास गाउँपालिकाको ढुंगाडमा बाढि र पहिरोले पारेको क्षतिको अवस्थाका बारेमा जानकारी लिएका हुन् । 

प्रधानमन्त्री देउवाले आजै बाढी र पहिरोको क्षतिका बारेमा बझाङको चैनपुर पुगेर जानकारी लिएका थिए ।   

यसअघि आज सुर्खेत विमानस्थलमा बाढीपहिराले कर्णाली प्रदेशमा पुर्याएको क्षतिबारे प्रदेश सरकार र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिएका थिए । सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री देउवाले एक्कासी आएको बेमौसमी बाढीले ठूलो धनजनको क्षति पुर्याएकोमा आफू दुःखी बनेको बताएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै