• २०८१ बैशाख ८ शनिबार

प्रधानसेनापति शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूतबीच भेटवार्ता

kharibot

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डेपरेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ । 

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै