• २०८१ बैशाख १३ बिहीबार

छोरा आर्यनलाई भेट्न जेलमा पुगे शाहरुख खान

kharibot

काठमाडौँ । ड्रग्स प्रकरणमा हिरासतमा रहेका छोरा आर्यन खानलाई भेट्न बलिवुड अभिनेता शाहरुख खान जेलमा पुगेका छन् ।  

मुम्बईस्थित अर्थर रोड जेलमा विहिबार पुगेर शाहरुखले छोरा आर्यनलाई करिब १० मिनेट भेट गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

जेलमा शाहरुख र आर्यनको भेट अलग्गै एक क्याबिनमा भएको बताइएको छ ।

अक्टोबर २ मा हिरासतमा परेपछि शाहरुखले छोरा आर्यनलाई पहिलो पटक भेट भएको हो ।

बुधबार आर्यनको जमानत सेशन कोर्टले अस्वीकार गरेपछि आर्यनका वकिल बम्बई उच्च अदालत गएका छन् ।  

बुधबार नै बम्बई उच्च अदालतमा जमानत याचिका दायर गरेकोमा सुनुवाई आगामी मंगलबार हुने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै