• २०८१ बैशाख ७ शुक्रबार

कोरोनाविरुद्धको खोपमा भारतको नयाँ किर्तिमान, सय करोड डोज लगाएको घोषणा

kharibot

काठमाडौँ । भारतमा सय करोड डोज कोरोनाविरुद्धको खोप लगाइएको छ । विहिबार बिहान सय करोड डोज खोप पुरा गरेर भारतले नयाँ इतिहास बनाएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा एक अपांगता भएका व्यक्ति अरुण रायले खोप लगाएर सय करोड डोज पुरा गरिएको छ ।

गत जनवरी १६ देखि खोप अभियान शुरु गरेको भारतले १३१ दिनको दिन २० करोड डोज लगाएको थियो भने त्यसपछिको ५२ दिनपछि ४० करोड, त्यसपछिको ३९ दिनपछि ६० करोड डोज, त्यसपछिको २४ दिनपछि ८० करोड डोज र त्यसपछिको ३१ दिनमा १०० करोड डोज पुरा गरेको छ ।

भारतमा सय करोड डोज खोप लगाइएको भए पनि कुल जनसंख्याको केवल २० प्रतिशत मात्र दुवै डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २९ प्रतिशतले एक डोज खोप लगाएका छन् ।

अहिलेसम्मम बेलायतमा ६७ प्रतिशत नागरिकले पुरा डोज खोप लगाएका छन् भने अमेरिकामा ५६ प्रतिशत, चीनमा ७१ प्रतिशत, इटालीमा ७० प्रतिशत, न्यूजील्याण्डमा ५७ प्रतिशत, स्वीडेनमा ६७ प्रतिशतले पुरा डोज खोप लगाएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै