• २०८१ बैशाख ६ बिहीबार

जोर्जिन्होको दुई गोलमा माल्मोमाथि चेल्सीको फराकिलो जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले माल्मोमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा चेल्सीले माल्मोमाथि ४-० गोल अन्तरले जित हासिल गरेको हो ।

चेल्सीको जितमा जोर्जिन्होले दुई गोल गरेका थिए भने आन्द्रेज क्रिस्टेनसेन र काइ हाभेर्टजले एक एक गोल गरेका थिए ।

यो जितपछि चेल्सीको समुह एचमा ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै माल्मोले भने लगातार तेस्रो हार बेहोरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै