काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले शानदार कमब्याक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले इटालीयन क्लब एटलान्टामाथि ३-२ गोल अन्तरको कमब्याक जित हासिल गरेको हो ।
युनाइटेडको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णयक गोल गर्दै रोमान्चक जित दिलाएका छन् ।
खेलमा एटलान्टाका मारिओ पासालिकले खेलको १५औं मिनेटमा गोल गरेका थिए भने खेलको मेरिह डेमिरलले खेलको २८औं मिनेटमा गोल गर्दै एटलान्टालाई दोहोरो अग्रता दिलाएका थिए ।
पहिलो हाफमा २-० ले पछि परेको म्यानचेस्टर युनाइटेडले कमब्याक गर्दै जित हासिल गरेको थियो ।
युनाइटेडका लागि मार्कस राशफोर्डले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए भने ह्यारी माग्युरेले खेलको ७५औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डोले खेलको ८१औं मिनेटमा निर्णायक गोल गर्दै युनाइटेडलाई जिताएका थिए ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको समुह एफमा ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
त्यस्तै एटलान्टाको ३ खेलमा ४ अंक सहित दोस्रो स्थानमा रहेको छ ।