• २०८१ बैशाख १२ बुधबार

भारतको उत्तराखण्डमा पनि बर्षा र बाढी, १६ जनाको मृत्यु

kharibot

नयाँ दिल्ली । भारतको उत्तराखण्डमा पनि बर्षा र बाढीको प्रकोप बढेको छ । सो बाढीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ ।

उता भारतको दक्षिणी राज्य केरलामा हालै आएको बाढीबाट दर्जनौँ व्यक्तिको ज्यान गएको बताइएको थियो । योसँगै यता उत्तराखण्डमा पनि अविरल बर्षा र बाढी आएको बताइएको छ । 

यहाँका अधिकारीहरुले मगलबारसम्म उत्तराखण्डका विभिन्न स्थानमा परेको अविरल बर्षा र त्यसपछिको बाढीले कम्तीमा पनि १६ जनाको ज्यान गएको बताएका छन् । यहाँका मौसम सम्बन्धी विज्ञहरुले उत्तराखण्डमा बर्षा जारी रहेको बताएका छन् । साथै उनीहरुले सतर्क रहन पनि सबैलाई सचेत गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै