• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा कोरोना : २४ घण्टामा ६६२ संक्रमित, १३ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप ६६२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५३५ र एन्टीजेन परिक्षणबाट १२७ गरि कुल ६६२ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७८५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २२७ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७०२२ पिसिआर र १४०४ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार ४२६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ५७९ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ ।

अहिलेसम्म पहिलो मात्रा ८५ लाख ६८ हजार २६२ र पूर्ण मात्रा ६४ लाख ८९ हजार ८२८ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै