• २०८१ बैशाख १३ बिहीबार

क्लब ब्रुगेमाथि म्यानचेस्टर सिटीको फराकिलो जित

kharibot

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्लब ब्रुगेमाथि फराकिलो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा सिटीले क्लब ब्रुगेलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रियाद महरेजले दुई गोल गरेका थिए भने जोआओ क्यान्सेलो, कीले वाल्कर र कोले पाल्मरले एक एक गोल गरेका थिए ।

त्यस्तै क्लब ब्रुगेका लागि हान्स भनाकेनले एक गोल गरेका थिए ।

यो जितपछि समुह ए मा रहेको म्यानचेस्टर सिटीले ३ खेलमा २ जित र एक हारसहित ६ अंकसहित दोस्रो स्थानमा छ भने क्लब ब्रुगेको ३ खेलमा ४ अंक रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै