• २०८१ बैशाख १२ बुधबार

नेपालमा कोरोना : २४ घण्टामा १०९६ संक्रमित, १२ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप १०९६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९५७ र एन्टीजेन परिक्षणबाट १३९ गरि कुल १०९६ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १००४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.१ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले २२८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ८१४० पिसिआर र १७७६ नमुना एन्टीजेन परिक्षण गरि कुल ९ हजार ९१६ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ८१५ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३०५ पुगेको छ ।

अहिलेसम्म पहिलो मात्रा ८५ लाख ६२ हजार ३६५ र पूर्ण मात्रा ६४ लाख ८५ हजार ९२३ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै