• २०८१ बैशाख ६ बिहीबार

रियल बेटिस र इस्पान्योल विजयी

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल बेटिस र इस्पान्योल विजयी भएका छन् ।

सोमबार राति भएको खेलमा रियल बेटिसले डिर्पोटिभो अलाभेसलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा इस्पान्योलले काडिजलाई २–० गोलले स्तब्ध बनायो ।

प्रतिस्पर्धात्मक खेलमा बेटिसलाई जिताउन बोर्जा इग्लेसियसले ८९औं मिनेटमा निर्णायक गोल गरे । बोर्जाले जोआक्वीनको पासमा गोल गरेका थिए । ६४ प्रतिशत बल पोसेसन राखेपनि पाहुना टोली बेटिसलाई गोल गर्न निकै संघर्ष गर्नु परेको थियो ।

बेटिसले खेलभर १९ वटा पोस्ट प्रहार गरेको थियो । यता ३६ प्रतिशत बल पोसेसन राखेको अलाभेसले १४ वटा पोस्ट प्रहार गरेपनि गोल फर्काउन सकेन । बेटिसका जोआक्वीन ‘म्यान अफ द म्याच’ भए । जितसँगै बेटिस आठौं स्थानमा उक्लिएको छ । नौ खेल सकेको बेटिसको १५ अंक छ । पराजित अलाभेस रेलिगेसनको दबाबमा छ । तीन अंक बनाएको अलाभेस १९औं स्थानमा छ ।

यसैगरी अर्को खेलमा इस्पान्योललाई जिताउन राउल डे टोमस र निको मेलामेडले गोल गरे । राउलले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाएका थिए । मेलामेडले ६५औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ५४ प्रतिशत बल पोसेसन राखेको स्पान्योलले खेलभर १४ वटा पोस्ट प्रहार गरेको थियो ।

काडिजले पनि १३ वटा पोस्ट प्रहार गरेको थियो । तर क्याडिजको लगातार प्रयासमा स्पान्योलको रक्षापंक्ति बाधक बन्यो । इस्पान्योलका राउल डे टोमस ‘म्यान अफ द म्याच’ भए । जितसँगै स्पान्योल ११औं स्थानमा उक्लिएको छ । स्पान्योलले नौ खेलबाट १२ अंक बनाएको छ । पराजित काडिज सात अंक सहित १६औं स्थानमा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै