• २०८१ बैशाख ८ शनिबार

रुसले अफगानिस्तानको विषयमा बोलाएको बैठकमा अमेरिका सहभागी हुन अस्विकार

kharibot

काठमाडौँ । रुसले अफगानिस्तानको विषयमा बोलाएको बैठकमा अमेरिका सहभागी नहुने भएको छ । रुसले मस्कोमा बोलाएको बैठकमा अमेरिकाले सहभागी हुन अस्वीकार गरेको हो ।

रुसले तालिबानसहित अमेरिकालाई पनि छलफलमा बोलाएको छ ।

अक्टोबर २० मा हुने बैठकमा चीन र पाकिस्तानका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइजले भविष्यमा यस मंचमा सहभागी हुन इच्छुक रहेको तर अक्टोबर २० मा हुने बैठकमा सहभागी हुन नसक्ने बताएका हुन् ।

यस अघि अफगानिस्तानका लागि रसियन राजदुत जमिर काबुलोवले शुक्रबार मस्कोमा चार देशको वार्ता हुने घोषणा गरेका थिए । उनले अफगानिस्तानको बदलिएको अवस्थालाई लिएर एक सामान्य स्थितिमा काम गर्न आवश्यक रहेको बताए ।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै