• २०८१ बैशाख १३ बिहीबार

टी-२० विश्वकप: श्रीलंका र आयरल्याण्डको विजयी शुरुवात

kharibot

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत श्रीलंकाले विजयी शुरुवात गरेको छ । पहिलो चरणको समुह ए मा रहेको श्रीलंकाले नामिबियालाई ७ विकेटले पराजित गरेको हो ।

गएराती सम्पन्न खेलमा नामिबियाले दिएको ९७ रनको लक्ष्य पछाएको श्रीलंकाले १३.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले १९.३ ओभरमा अल आउट हुदै ९६ रन मात्र बनाएको थियो ।

समुह ए अन्तर्गतकै अर्को खेलमा आयरल्याण्डले नेदरल्यान्ड्सलाई ७ विकेटले पराजित गरेको छ ।

सोमबार नै सम्पन्न खेलमा नेदरल्यान्ड्सले दिएको १०७ रनको लक्ष्य पछाएको आयरल्याण्डले १५.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेदरल्यान्ड्सले २० ओभरमा अल आउट हुदै १०६ रन बनाएको थियो ।

आज समुह बि अन्तर्गत पपुवा न्युगिनी र स्कटल्याण्ड तथा ओमान र बंगलादेशबीच खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै