• २०८१ बैशाख १३ बिहीबार

अमेरिकी पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना संक्रमणबाट निधन

kharibot

काठमाडौँ । अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ । ८४ बर्षिय पावेलको निधन कोरोना संक्रमणबाट भएको उनको परिवारले जानकारी दिएको हो ।

पूर्व सेना प्रमुख समेत रहेका पावेल २००१ मा जर्ज डब्लु बुसको कार्यकालमा अमेरिकाको विदेशमन्त्री बनेका थिए । उनी अमेरिकाको विदेशमन्त्री बन्ने पहिलो अफ्रिकी-अमेरिकन थिए ।

पावेलको परिवारले एक विज्ञप्ति जारी गर्दै आफुहरुले एक असल पति, पिता, हजुरबुबा र एक महान अमेरिकीलाई गुमाएको उल्लेख गरेका छन् ।

पावेलको निधनमा अमेरिकाका पूर्व राष्ट्रपति बुस, ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर समेत विश्वका कैयौं नेताले दुख व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै