• २०८१ बैशाख ६ बिहीबार

एभरेष्ट बैंकको २७औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर

kharibot

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सवको अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ ।

रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसंग सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैगरी १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् ।

यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर श्री चिरिबाबु महर्जनका बीच साटासाट् गरिएको थियो । यसै अवसरमा बैंकले वानेश्वर स्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।

स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाईको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, १३८ एटिएम् सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै