काठमाडौँ । भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै साफ च्याम्पियनसिप जितेको हो ।
भारतका लागि सुनिल क्षेत्री, सुरेश सिंह वांगजम र शहाल अब्द्दुल समादले एक एक गोल गरेका थिए ।
भारतले खेलको ४९औ, ५०औ र ९१औ मिनेटमा गोल गरेको थियो ।
फाइनल खेलको पहिलो हाफको खेल सकिदा गोलरहित बराबरीमा सकिएको थियो ।
भारतले योसँगै आठौ पटक साफको उपाधि जितेको छ । यसअघि भारतले १९९३, १९९७, १९९९, २००५, २००९, २०११ र २०१५ मा साफ च्याम्पियनसिपको उपाधि जितेको थियो ।
योसँगै साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको नेपालले उपविजेतामा चित्त बुझाएको छ ।