• २०८१ बैशाख १२ बुधबार

लेस्टर सिटीसँग हार्यो म्यानचेस्टर युनाइटेड

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग हार बेहोरेको छ । शनिबार राति सम्पन्न खेलमा लेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

लेस्टर सिटीको जितमा योउरी टिएलेम्यान्स, कागलर सोयुनकु, जेम्स भार्डी र पाट्सन डकाले एक एक गोल गरेका थिए ।

त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि मासन ग्रीन वूड र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए ।

यो जितपछि लेस्टर सिटीको ८ खेलमा ११ अंक हासिल गरेको छ भने लिगमा ११औ स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडले यस सिजनमा दोस्रो हार बेहोरेको छ । युनाइटेडको ८ खेलमा १४ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै