• २०८१ बैशाख ११ मंगलबार

झिझिया नाच हेर्न गएका किशोर मृत भेटिए

kharibot

सिरहा । सिराहामा झिझिया नाच हेर्न गएका एक जना किशाेर शनिवार मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको गोलबजार नपागरपालिका वडा नं.८ भाईजीटोल बस्ने भुनेश्वर महतोका १७ वर्षिय छोरा सत्रुधन महतोको नरहा गाउँपालिका वडा नं.३ नयाँ चौक चोहर्वा स्थित इनारमा डुबिरहेको अवस्थामा शव फेला परेको हो ।

दशैंको अवसरमा आयोजित झिझिया नाच हेर्न गएका महतो मृत अवस्थामा भेटिएका हुन् । सो अवसरमा आयोजित मेलामा राती झगडा भएको बेलामा भाग्ने क्रममा महताे इनारमा झरेको हुँन सक्ने स्थानीयले अनुमान गरेका छन् ।

मेलामा राती दुई युवा समूँह बिच बिवाद भएको स्थानीय राम कृपाल यादवले जानकारी दिएका छन् । मृतक किशोर स्थानीय जनता नमुना माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत छात्र रहेको बताइएको छ । 

अहिले शव इनारबाट निकाल्ने प्रयास भइरहेको र घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै