• २०८१ बैशाख १३ बिहीबार

आइपिएलमा महंगा खेलाडीको कस्तो रहयो प्रदर्शन ?

kharibot

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले उपाधि जितेसँगै ठुलो रकम पुरस्कारको रुपमा आएको छ । आइपिएलको ट्रफीसँगै चेन्नईले पुरस्कार रकम बापत २० करोड भारतीय रुपैयाँ पनि पाएको छ ।

त्यस्तै उपविजेता बनेको कोलकोता नाइट राइडर्सले १२.५ करोड रकम पाएको छ । त्यस्तै प्लेअफमा पराजित हुने रोयल च्यालेनजर्स बैंगलोर र दिल्ली क्यापिटल्सले ८ करोड ७५ लाख पाएका छन् ।

त्यस्तै प्रतियोगितामा धेरै विकेट लिने खेलाडी रोयल च्यालेनजर्स बैंगलोरका बलर हर्षल पटेलले पर्पल क्याप जितेका छन् भने उनलाई १० लाख नगद पुरस्कार पनि दिइएको छ ।

त्यस्तै धेरै रन बनाएका ऋतुराज गायकवाडले ओरेन्ज क्याप जितेका छन् । उनले पनि १० लाख नगद पुरस्कार पाएका छन् ।

त्यस्तै प्रतियोगिताको मोस्ट भ्यालुवेबल खेलाडी बैंगलोरका हर्षल पटेल बनेका छन् भने इमर्जिंग प्लेयरको अवार्ड चेन्नईका रुतुराज गायकवाड बनेका छन् ।

महंगा खेलाडीको प्रदर्शन: 

यस आइपिएलमा सबैभन्दा बढी पारिश्रमिक १७ करोड लिने बैंगलोरका विराट कोहलीले कुल ४०५ रन बनाएका छन् । यस हिसाबले यस सिजनमा उनले बनाएको हरेको रनको मुल्य ४ लाख १९ हजार ७५३ रुपैयाँ परेको छ ।

त्यस्तै क्रिस मोरिसलाई राजस्थानले १६ करोड २५ लाखमा किनेको थियो । यस सिजनमा उनले १५ विकेट लिए भने ६७ रन मात्र बनाए ।

त्यसैगरी अस्ट्रेलियाका पेट कमिन्सलाई कोलकोताले १५.५ करोडमा किनेको थियो भने उनी केबल ७ खेल खेले पनि ९ विकेट लिएका थिए र ९३ रन बनाएका थिए ।

त्यस्तै महेन्द्रसिंह धोनीलाई चेन्नईले बार्षिक १५ करोड पारिश्रमिक दिने गर्दछ । उनको यस आइपिएलमा कप्तानको रुपमा उत्कृष्ट प्रदर्शन रहेपनि खेलाडीको रुपमा उनले कल्ब ११४ रन मात्र बनाए ।

त्यस्तै मुम्बईका रोहित शर्माले पनि १५ करोड पारिश्रमिक लिने गर्दछन । उनको यो सिजन औसत नै रहयो । उनले ३१४ रन मात्र बनाए ।

त्यसैगरी अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई बैंगलोरले १५ करोडमा किनेको थियो भने उनले ५१३ रन बनाए भने ३ विकेट लिए ।

त्यस्तै दिल्लीका कप्तान ऋषव पन्तलाई दिल्लीले १५ करोड पारिश्रमिक इदने गर्दछ । उनले यस सिजनमा कुल ४१९ रन बनाए ।

त्यस्तै काइल जेमिसनलाई बैंगलोरले १५ करोडमा किनेको थियो । उनले यस सिजनमा १५ खेलमा ९ विकेट लिए भने ६५ रन पनि बनाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै