काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन । महाशाखाले हाल हाल पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ आश्विन २८ गते (विहीबार)
दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ आश्विन २९ गते (शुक्रबार)
दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
२०७८ आश्विन ३० गते (शनिबार)
दिउँसो: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ प्रदेश नं २, र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टा देशको प्रदेश नं १ , प्रदेश नं २ , बाग्मती प्रदेश तथा बांकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।