• २०८१ बैशाख ६ बिहीबार

ब्राजिलका राष्ट्रपति बोल्सोनारोविरुद्ध प्रकृतिविरुद्धको अपराधमा हेगमा मुद्धा दायर

kharibot

काठमाडौँ । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायालयमा प्रकृतिसँग खेलवाड गरेको सम्बन्धि अपराधको मुद्धा दायर भएको छ ।

अस्ट्रियामा जलवायु परिवर्तनसम्बन्धि काम गर्ने संस्था 'अलराइज' ले बोल्सोनारोविरुद्ध मुद्धा दायर गरेको हो ।

अलराइजका संस्थापक योहानोस वेजेमानले ब्राजिलका राष्ट्रपति बोल्सोनारोले सबै कुरा जानेर पनि अमेजनको जंगलको विनाश गराएको आरोप लगाएका छन् । उनले बोल्सोनारोलाई यसको नतिजा थाहा हुदा पनि अमेजनको जंगल विनाशमा लागेको बताउदै प्रकृतिको विरुद्धको अपराध मानवता विरुद्धको एक गम्भीर किसिमको अपराध भएको बताएका छन् ।

आउदो महिना ग्लासोमा जलवायु परिवर्तन सम्बन्धि सम्मेलन कोप-२६ को पूर्व सन्ध्यामा राष्ट्रपति बोल्सोनारोविरुद्ध मुद्धा दायर भएपछि सबैको ध्यान यसतर्फ खिचिएको छ ।

द हेगमा बोल्सोनारोविरुद्ध अहिलेसम्म तीन मुद्धा पुगीसकेका छन् । अलराइजले पर्यावरणलाई नोक्सान पुरयाउनेलाई अगाडी ल्याउने बताउदै अन्य देशमा पनि यसको असर पर्ने बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै