• २०८१ बैशाख ८ शनिबार

कति बेला छ विजयादशमीको टिकाको शुभ साइत ?

kharibot

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँको साइत सार्वजनिक गरेको छ । 

विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०: ०२ बजेको साइत शुभ रहेको पञ्चाङ्ग निर्णायक समितिले जानकारी दिएको । त्यस्तै टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

विजया दशमीका दिन बिहान ७: ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ ।

तुलजा भवानीलाई बिहान ८: ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिने छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ । त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइने समितिले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै